फेरि रोकियो भरतपुर महानगरको मतगणना, सिल नम्बरमा विवाद


 


भरतपुर, जेठ १४
भरतपुर महानगरपालिकाको मतगणना कार्य फेरि रोकिएको छ ।

वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा मतपेटिकाको सिल नम्बर फरक परेपछि विवाद हुँदा मतगणना रोकिएको हो । मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा टिपिएको सिल नम्बर फरक परेको छ ।

सिल नम्बरमा देखिएपछि उत्पन्न विवादलाई मिलाउने प्रयास भइरहेको छ । अब वडा नम्बर १९ र २० को नतिजा आउन मात्रै बाँकी छ । यसअघिसम्म मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली ७८४ मतले माओवादी उम्मेदवार रेणु दाहाल अगाडि छन् ।

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्