अन्तिममा थप रोमाञ्चक बन्दै भरतपुरको मतपरिणाम, घट्दै मतान्तर


 


काठमाडौं, जेठ १४
भरतपुर महानगरपालिकाको मतपरिणाम रोमाञ्चमक मोडमा गइरहेको छ । सबैको ध्यान भरतपुरमा छ ।

अहिले पछिल्लो पटक वडा नम्बर २१ को १ हजार २०० मत गणना हुँदा एमालेका देवी ज्ञवालीले आफ्नो अग्रता कायम नै राखेका छन् । तर, उनलाई पछ्याइरहेकी कांग्रेस–माओबादी गठबन्धनकी रेणु दाहालले आफ्नो मतान्तर घटाउँदै गइरहेकी छन् ।

उनी एमालेका देवी भन्दा १ हजार ९ मतले पछाडि छन् । एमालेका देवी ज्ञवालीले ४० हजार १६७ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै माओबादी केन्द्रकी रेणुले ३९ हजार १५८ मत प्राप्त गरेकीछन् ।

मतपरिणाम हेर्नुहोस्ः

मेयर
माओवादी, रेणु दाहाल–३९१५८
एमाले ,देवी ज्ञवाली–४०१६७

उपमेयर
कांग्रेस, पार्वती शाह–४३१२३
एमाले, दिव्या शर्मा–३६८१४

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्