सरकारको महत्वाकांक्षी योजना, तीन वर्षभित्र ग्यास विस्थापन


 


काठमाडौं, जेठ १४
सरकारले तीन वर्षभित्र नेपालीलाई विद्युतको पहुँचमा पुर्याउने महत्वाकांक्षी योना अघि सारेको छ।

ऊर्जा मन्त्रालयले आगामी तीन वर्षभित्र खाना पकाउने ग्यास विस्थापन गरेर सबैलाई विद्युतको पहुँचमा पु्र्याउने योजना अघि सारेको हो ।
मन्त्रालयले तीन वर्षभित्र देशभर विद्युत्तीकरण गर्ने योजना बनाएको ऊर्जामन्त्री जनार्दन शर्माले जनाकारी दिए ।

उनले यसले गर्दा यसबाट खाना पकाउने ग्यास विस्थापन गर्न सकिने बताए । मन्त्रालयले आगामी सात वर्षमा १७ हजार मेगावाट विद्युत्त उत्पादन गर्ने गरी एकैपटक ठूला जलविद्युत्त आयोजना सुरु गर्ने प्रस्ताव गरेको छ ।

उर्जामा लगानीको समस्या नभएको भन्दै शर्माले ४ हजारमा जनताको लगानी उपयोग गर्न सकिने बताएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्