काठमाडौं, महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य भारी मतले विजयी


 


काठमाडौं, जेठ १४
काठमाडौँ महानगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले भारी मतले विजय हाशिल गरेका हुन् ।

शाक्यले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई २१ हजार बढीमतको अन्तरले पराजित गरेका हुन् । शाक्यले उनले ६९८५० मत प्राप्त गरे भने जोशीले ४८७४३  मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी उपप्रमुख पदमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गर्नुभयो ।

कुल दुई लाख ७९ हजार ३०६ मतदाता रहेको महानगरपालिकामा एक लाख ९७ हजार २२७ मत खसेको थियो भने छ हजार १८३ मत बदर भएको थियो ।

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्