भरतपुरमा अन्तिम तीन वडाको मत गन्न बाँकी, कति छ मत ?


 


काठमाडौं, जेठ १४
भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएसंगै अब मतगणना कार्य करिब अन्तिम चरणमा पुग्न थालेको छ । भरतपुरमा अब तीन वडाको मत गन्न मात्रै बाँकी छ ।

अब वडा नम्बर १९, २० र २१ मा खसेको मत गन्न बाँकी रहेको मुख्य निर्वाचन कार्यलयले जनाएको छ । वडा नम्बर १९ मा २ हजार ८६०, वडा नम्बर २० मा ३ हजार ३०२ र वडा नम्बर २१ मा ३ हजार ५६८ गरि जम्मा ९ हजार ७३० मत गन्न बाँकी छ ।

यसअघि वडा नम्बर १८ को मतगणना सकिँदासम्म एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका देवी ज्ञवालीको अग्रता कायम छ ।
देवी ज्ञवाली माओबादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा ११४५ मतले अगाडि छन् । देवीको ३९ हजार ७५० मत छ भने रेणुले ३८ हजार ६०५ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्