भरतपुर अपडेट : यस्तो आयो ताजा मतपरिणाम


 


काठमाडौं, जेठ १४
भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्बर १८ को मतगणना सकिँदा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका देवी ज्ञवालीको अग्रता कायम छ ।

देवी ज्ञवाली माओबादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा ११४५ मतले अगाडि छन् । वडा नम्बर १८ मा भने नेपाली कांग्रेस विजयी भएको छ ।

मतपरिणामः
एमाले, देवी ज्ञवाली–३९७५०
माओबादी केन्द्र, रेणु दाहाल–३८६०५

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्