प्रचण्ड–देउवाको निर्णय गलत सावित, महाभियोग प्रस्ताव फिर्ता हुँदै


 


काठमाडौँ, जेठ १३

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले व्यवस्थापिका–संसद्मा दर्ता भएको प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव भोलि आइतबार बिहानसम्ममा फिर्ता हुने बताउनुभएको छ ।

गत वैशाख १७ गते कार्कीविरुद्ध सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का २४९ सांसदले सो प्रस्ताव दर्ता गरेपछि एमालेले न्यायालयमाथिको हस्तक्षेप भएको भनी विरोध गर्दै आएकोमा आज प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रस्ताव फिर्ता लिने सहमति भएको थियो ।

सर्वाेच्च अदालतकै आदेशबाट प्रधान न्यायाधीश कार्की नियमित काममा फर्किसक्नुभएको छ ।

उपनेता नेम्वाङले सहमतिअनुसार आजै साँझ वा भोलि बिहानसम्ममा सो प्रस्ताव फिर्ता हुने बताउँदै संसद्मा अवरोध गर्ने आफ्नो पार्टीको चाहना नभई सरकारको गलत व्यवहारका कारण अवरोध भएको दाबी गर्नुभयो ।

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्