भरतपुरको मतगणना अन्तिम चरणमा, कस्को मत कति ?


 


काठमाडौं, जेठ १३
भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्न लागेको छ । अहिलेसम्म एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले आफ्नो अग्रता कायमै राखेकाक छन् ।

वडा नम्बर २२ को मत गणना सकिँदा देवी ज्ञावली माओवादी केन्द्रकी मेयर पदकी उम्मेद्वार रेणु दाहाल भन्दा १४ सय ३० मतले अघि छन् । वडा नम्बर २२ मा एमाले प्यानल नै विपजयी भएको छ ।

मेयर
एमाले देवी ज्ञवाली – ३८ हजार ५ सय ६७
माओवादी–कांग्रेस गठबन्धन रेणु दाहाल – ३७ हजार १ सय ३७

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्