गोमा एयर जहाज दुर्घटनामा चालक राईको मृत्यु, दुईजना घाइते


 


काठमाडौं, जेठ १३
सोलुखुम्बुको लुक्लामा दुर्घटनामा परेको गोमा एयरको विमान चालकको निधन भएको छ । ९ एन ए के वाइ कल साइन भएको जहाज बिमानचालक पारस राई (४९) र सहायक सुजन मानन्धरले उडाएका थिए ।

गम्भिर घाइते राईको उपचारका क्रममा पासाङल्हामु निकेल निकील अस्पताल लुक्लामा उपचारका क्रममा निधन भएको हो । विमानमा एयर होस्टेज प्रज्ञा महर्जन थिईन।

सोलुखुम्बुको लुक्लास्थित तेन्जीङ हिलारी बिमानस्थलमा अबतरण गर्ने क्रममा  एयरको बिमान दुर्घटनामा परेको थियो ।

दिउँसो २ बजे काठमाडौँबाट कार्गो उडान भरेर लुक्ला आएको बिमान अबतरण गर्नु अघि धावन मार्ग छेवैमा रहेको सल्लाको रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका सह–क्याप्टेन सृजन मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

हाल बोल्न सक्ने अवस्थामा रहेकी एयरहोस्टेज प्रज्ञा महर्जनलाई थप उपचारका लागि डाइनास्टी हेलिकप्टरद्वारा काठमाडौं लैजान लागेकोमा पुनः मौसम खराबीका कारण छुप्लुङमा आकस्मिक अवतरण गराइएको प्रहरीले जनाएको छ ।

क्याप्टेन पारस राइको घर भोजपुरको साङपाङ रहेको छ । साविकको साङपाङ गाविस–८ हाल षडानन्द नगरपालिका वडा नंं १० पर्दछ । राईको एक छोरा र एक छोरी रहेका छन् ।

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्