सोलुखुम्बुको लुक्लामा गोमा एयरको बिमान दुर्घटना


 


सोलुखुम्बु,जेठ १३

सोलुखुम्बुको लुक्लास्थित तेन्जीङ हिलारी बिमानस्थलमा अबतरण गर्ने क्रममा गोमा एयरको बिमान दुर्घटनामा परेको छ ।

दिउँसो २ बजे काठमाडौँबाट कार्गो उडान भरेर लुक्ला आएको बिमान अबतरण गर्नु अघि धावन मार्ग छेवैमा रहेको सल्लाको रुखमा ठोक्कीएर दुर्घटना भएको हो।

९ एन ए के वाइ कल साइन भएको विमान दुर्घटनामा परेको हो । बिमानचालक पारस राई र सहायक सुजन मानन्धर र एयर होस्टेज प्रज्ञा महर्जन घाइते भएका छन्।

लुक्लामै रहेको पासाङल्हमु निकोल निकि अस्पतालमा उनीहरुको उपचार हुँदै छ। मौसम खराब रहेकाले बिमान रुखमा ठोक्कीएको हुन सक्ने बताइएको छ।

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्