भरतपुरमा रोकिएको मतगणना पुनः सुरु, के भयो सहमति ?


 


काठमाडौं, जेठ १३
भरतपुर महानगरपालिकामा अर्धकट्टीसहितका मत फेला परेपछि रोकिएको मतगणना कार्य सुरुभएको छ । मत रुजु गर्ने सहमति भएपनि मतगणना कार्य पुनः सुरु भएको हो ।

यसअघि वडा नम्वर १७ मा मत गणना गर्ने क्रममा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि मतगणना रोकिएको थियो ।

मतणना भइरहेका बेला सुर्यमा छाप लगाइएका १ सय २५ प्रति मतपत्र अर्धकट्टिसहित फेला परेको बताइएको छ । त्यस्ता मतपत्रमा भेटिएपछि मतगणना रोकिनुका साथै विवाद सृजना भएको थियो ।

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्