अर्धकट्टीसहितको मतपत्र फेला परेपछि भरतपुुरको मतगणना रोकियो


 


काठमाडौं, जेठ १३
निकै रोमाञ्चक बनेको भरतपुर महानगरपालिकाको मतगणना रोकिन पुगेको छ ।

वडा नम्बर १७ को गणनाका क्रममा अन्त्यमा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि गणना रोकिएको हो । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि दलहरुले यसको छानबिन हुनुपर्ने माग गरेका छन् ।

मतगणनामा ६० भन्दा बढी अर्धकट्टीसहितको मतपत्र भेटिएका छन् । दलहरुबीच विवाद सुरु भएको छ । विवादका कारण मतगणना रोकिएको छ भने सहमति खोज्न मुख्य निर्वाचन अधिकृतले सर्वदलीय बैठक बोलाएका छन्।

मत गणना भइरहँदासम्म एमालेका देवी ज्ञवालीले ३७ हजार १ सय १८ मत ल्याएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ३५ हजार ५ सय १८ मत प्राप्त गरेकीछन् ।

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्