भरतपुरको ताजा मतपरिणाम, फेरि मतान्तर घटाउँदै रेणु


 



काठमाडौं, जेठ १३
भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

वडा नम्बर १७ को मत गणना भइरहँदासम्म एमालेका उम्मेदवार देवी ज्ञवालीले आफ्नो अग्रता कायमै राखेका छन् । एमालेका देवी माओबादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा १ हजार ६५७ मत अगाडि छन् ।

यो मतान्तर हिजो विहीबारको अन्तिम मतपरिणाम भन्दा कम हो । हिजो बेलुकासम्मको मतपरिणामअनुसार रेणु देवी भन्दा १ हजार ८२० मतले पछाडि थिइन् ।

आज विहानको ताजा मतपरिणामअनुसार एमालेका देवीले ३६ हजार ९५८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै माओबादी केन्द्रकी रेणुले ३५ हजार ३०१ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, उपमेयरमा भने कांग्रेसकी पार्वती शाह अगाडि छिन् । उनले ३८ हार ९९४ मत प्राप्त गरेकी छन् भने एमालेकी दिव्या शर्माले ३३ हजार ६३६ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्