राजपालाई मनाउने प्रयासमा कांग्रेस, आज छलफल गर्ने


 


काठमाडौं, १३ जेठ

काँग्रेसले आज दोस्रो चरणको स्थानीय तहकोे निर्वाचनका सम्बन्धमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेतासँग छलफल गर्ने भएको छ ।

बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा काँग्रेसले राजपा नेपाललाई निर्वाचनमा सहभागी भई निर्वाचनलाई सफल बनाउन आग्रह गर्ने बताइएको छ । राजपा नेपालका शीर्ष नेताको आज बसेको बैठकले निर्वाचनमा सहभागी नहुने निर्णय गर्दै आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

विभिन्न माग राखी आन्दोलनरत राजपा नेपालका माग सम्बोधन गर्ने क्रममा सरकारले केही दिनअघिमात्र २२ स्थानीय तह थप गर्नेसहित स्थानीय तहको सीमाङ्कन फेरबदल गरेको थियो । जुन निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । रासस

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्