एमालेले चार उपमहानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार छान्यो


 


काठमाडौँ, जेठ १२

नेकपा एमालेको आजको स्थायी समितिको बैठकले स्थानीय तहको दोस्रो चरणमा हुने निर्वाचनका लागि प्रदेश नं ५ अन्तर्गतका चार उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका लागि उम्मेदवार तय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी संसदीय दलको कार्यालय, सिंहदरबारमा सम्पन्न बैठकले बुटवल उपमहानगरपालिकामा प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमा आचार्यलाई उम्मेदवार बनाएको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा समसुद्धिन सिद्धिकी र उपप्रमुखमा शान्ति ढकाल, घोराही प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने तथा तुल्सीपुर प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिएको सो पार्टीले जनाएको छ ।

 

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्