पोखरा महानगरको मेयरमा एमालेका जिसी निर्वाचित, उपमेयर पनि एमालेबाटै


 


काठमाडौं, जेठ १२
पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका छन् ।

कांग्रेस–माओबादी गठबन्धनका उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गर्दै जिसी मेयरमा निर्वाचित भएका हुन् ।
जिसीले ६० हजार ११८ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४१६ मत पाए ।

उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन् । उनले कांग्रेस उम्मेदवार सरस्वती कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गरिन् । मञ्जुले ५६ हजार ४४८ मत पाइन् भने सरस्वतीले ४४ हजार ३३८ मत पाएकी छन् ।

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्