भरतपुरको मतपरिणाम, देवीले फेरि बढाए अग्रता


 


काठमाडौं, जेठ १२
भरतपुर महानगरपालिकाको मतपरिणाम रोचक बन्दै गएको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका देवी ज्ञवाली र कांग्रेस–माओबादी केन्द्र गठबन्धनकी रेणु दाहालको निकै प्रतिशपर्धा भएको छ ।

पछिल्लो मतपरिणामअनुसार फेरि एमालेका देवीले अग्रता बढाएका छन् । देवीले ३३ हजार ७ सय ३८ मत ल्याएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ३२ हजार २ सय ७९ ल्याएकी छन् ।

अहिलेसम्मको मतअनुसार देवी रेणु भन्दा १ हजार ४ सय ५९ मत अगाडि छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाह अगाडि छिन् । उनले ३५ हजार ८ सय ५० मत ल्याएकमी छन् भने नेकपा एमालेकी उम्मेदवार दिव्या शर्माले ३० हजार ५ सय मत ल्याएकी छिन्।

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्