पोखरामा दुई वडाको मतगणना नहुँदै एमालको जित निश्चित


 


पोखरा, जेठ १२
पोखरामा एमालेको पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेद्वार मानबहादुर जिसीको जित निश्चित भएको छ । अन्तिम दुई वडाको मतगणना नहुँदै उनको जित सुनिश्चित भएको हो ।

उनी कांग्रेस उम्मेदवार रामजी कुँवरभन्दा १३ हहजार १३० मतले अगाडि छन् । उनको मत ५५ हजार ५७५ छ भने कुँवरको ४२ हजार ४४५ छ । अन्तिम दुई ३२ र ३३ वडाका ९ हजार ८६३ मत मात्रै गणना गर्न बाँकी छ । ती दुई वडाको सबै मत पाएपनि रामजी कुँवरको हार निश्चित भइसकेको छ ।

उपमेयरमा पनि एमालेकी मन्जु देवि गुरुङको पनि जित निश्चित भएको छ । उनले अहिले सम्म ५१ हजार १ सय ८८ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसकी सरस्वती गुरुङको ४० हजार ४ सय ८० मत छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्