भरतपुरमा रोचक प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?


 


चितवन, जेठ ११
चितवनको भरतपुर महानगरपालिकाको प्राप्त मतपरिणाम रोचक बन्दै जान थालेको छ । एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली र कांग्रेस–माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालबीचको मत अन्तर ह्वात्तै घटन थालेपछि प्रतिस्पर्धा थप रोचक बन्न थालेको हो ।

करिब १० दिनदेखी जारी मतगणनामा देवी अग्र स्थानमै छन् भने उनलाई रेणुले पछ्याइरहेकी छिन् । पछिल्लो मत अनुसार देवी अग्रस्थानमा भए पनि रेणु अगाडि जाने सम्भावना बढेको छ ।

देवी ज्ञवालीले ३२ हजार ५ सय २ मत ल्याएका छन् भने रेणु दाहालले ३१ हजार २ सय ६७ मत प्राप्त गरेकी छिन् । यो मतपरिणाम रेणुको भन्दा देवीको १२ सय ३५ मत बढी हो ।

निर्वाचन आयोगका अनुसार वडा नम्बर १ देखि १५ र २५ देखि २९ वडासम्मको मतगणना भइसकेको छ । यतिबेला १६ देखि २४ वडाको मतगणना भइरहेको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्