लिबियामा कम्तीमा २० जनाको मृत्यु


 


रोम, जेठ १०

लिबियातर्फको समुद्री किनारदेखि ३० माइल टाढा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

अन्सा समाचार संस्थाले बुधबार दिएको जानकारीअनुसार इटलीतर्फ गइरहेको डुङ्गा दुर्घटना भएको हो । दुर्घटना भएको बेला डुङ्गामा झन्डै पाँच सय जना यात्रु रहेका थिए ।

दुर्घटनामा परेकालाई उद्धार गर्न ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु खटाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति: ११ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्