चुनावबारे विभाजित राजपाको बैठक बस्दै, गम्भीर निर्णय गर्ने


 



कठमाडौं,  जेठ ११
स्थानीय चुनावबारे विभाजित हुँदै आएको राष्ट्रिय जनता पार्टी नेपालको बैठक अहिले विहान ११ बजे बस्दै छ ।

चुनावबारे पार्टीभित्र एक मत नभएपनि चुनाव रोज्ने वा आन्दोलन भन्ने विषयमा निर्णय गर्न बैठक बस्न लागेको हो । बैठकले दोस्रो चरणको निर्वाचनमा सहभागी हुने वा आन्दोलन गर्ने भन्ने विषयमा गम्भीर निर्णय गर्ने नेताहरुले बताएका छन् ।

एक नेताकाअनुसार सरकारले संविधान संशोधन नगरेकाले केहीले आन्दोलमा जानुपर्ने र केहीले आन्दोलन छाडेर चुनावको बाटो रोज्नुपर्ने अडान राखिरहेका छन् । राजपाले दोस्रो चरणको चुनाव अघि नै संविधान संशोधन गनुपर्ने माग गर्दै आएको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्