क्रमशः घट्दै देवी र रेणुबीचको मतान्तर, यस्तो आयो ताजा परिणाम


 


काठमाडौं, जेठ ११
भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म एमालेका देवी ज्ञवालीको अग्रता कायमै छ ।

कांग्रेस–माओबादी केन्द्र गठबन्धनकी रेणु दाहालले मतान्तर घटाउँदै लगेकी छन् । नेकपा एमालेका देवीले ३० हजार ६ सय ८२ मत प्राप्त गरेका छन् भने
रेणुले २८ हजार ९ सय ३३ मत प्राप्त गरेकी छन् । एमालेका देवी रेणुभन्दा १ हजार ७ सय ४९ मतले अघि देखिएका छन् ।

यसअघि आएको मतपरिणामा रेण देवी भन्दा १ हजार ८ सय ३१ मतले पछाडि थिइन् ।

पछिल्लो मतगणनामा रेणु दाहालको मत अन्तर घट्दै गएको छ । भरतपुरमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनसंग एमाले एक्लै भिडिरहेको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्