भरतपुर महानगरपालिकाबाट आयो यस्तो परिणाम


 


काठमाडौं, जेठ १०
चर्चामा रहेको भरतपुर महानगरपालिकामा मतगणना धमधम भइरहेको छ । अहिलेसम्म मेयरमा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता कायमै राखेका छन् ।

कांग्रेस–माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल ज्ञवालीलाई पछ्याइरहेकी छिन् । दाहालभन्दा ज्ञवाली दुई हजार एक सय मत बढीले अगाडि छन् ।

मतगणनाको पछिल्लो परिणाम
मेयर

देवी ज्ञवाली (एमाले) २९१३७

रेणु दहाल (कांग्रेस-माओवादी) २७०३४

बद्री तिमल्सिना (राप्रपा) ३६९६

उपमेयर

पावर्ती शाह (कांग्रेस) ३०४१३

दिव्या आचार्य (एमाले) २६३५६

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्