हेटौँडा उपमहानगरपालिकामा एमाले विजयी


 


हेटौँडा , जेठ १०

हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा(एमाले)का हरिबहादुर महत २३ हजार १२४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपप्रमुखमा एमालेकै मिना लामाले २३ हजार ४३६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बलराम वलले १७ हजार ११ मत प्राप्त गर्नुभयो ।

त्यस्तै वडा ११ को वडा अध्यक्षमा एमालेका गोकर्ण पराजुलीले एक हजार ४९३ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका अर्जुनप्रसाद शर्माले एक हजार २५१ मत प्राप्त गर्नुभएको थियो ।

हेटौँडा उपमहानगरपालिकामा ८३ हजार ५९३ मतदातामध्ये ६२ हजार ८० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । रासस

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्