दोस्रो चरणको निर्वाचनमा कुन दल कोसंग गर्दैछन् तालमेल ? यस्तो छ प्रमुख दलको तयारी


 


काठमाडौं, जेठ १०
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा दलहरुबीच जसरी तालमेल भयो त्यसरी नै दोस्रो चरणको निर्वाचनमा पनि दलहरु तालमेलका लागि जुटेका छन् ।

पहिलो चरणको तालमेलमा दलहरु सफल नदेखिएपनि दोस्रो चरणमा नयाँ रणनीतिका साथ तालमेलको तयारीमा छन् । दोस्रो चरणको चुनाव तराईमा बढी केन्द्रीत भएकाले अब प्रमुख दल र मधेश केन्द्रीत दलहरुबीच तालमेल हुने संकेत देखिएको छ।

जसअनुसार मधेसवादी दल र नेपाली कांग्रेसबीच तालमेलको कसरत भइरहेको छ पहिलो चरणको निर्वाचनमा सहभागी संघीय समाजवादी फोरम नेपालसँग तालमेलका लागि कांग्रेसले कसरत तीव्र बनाएको छ। नगरपालिकादेखि गाउँपालिकासम्म मधेसवादी दलसँग तालमेल भए चुनावी नतिजा आफ्नो पक्षमा पार्न सकिने दाउमा कांग्रेस छ।
त्यस्तै, दाउमा फोरम पनि छ।

एसले कांग्रेससँग तालमेल भए स्थानीय तहमा सम्मानजनक सिट हात पार्न सहज हुने आंकलन गरेको छ। मधेसवादी दलसँग तालमेल गरे पार्टीको संगठित मतमा मधेसको भावनात्मक मत थपिने कांग्रेसको बुझाइ छ। एमालेले पनि विचार मिल्ने दलसँग तालमेल हुने जनाएको छ। एमालेले पनि मधेसवादी दलले छरेको ’भ्रम’ चिर्दै बिच्किएका मतदाता रिझाउने कसरत तीव्र पारेको छ।

काँग्रेसले मधेशबादी दल संघीय समाजबादी दलसंग तालमेल गरेपछि एमाले पनि मधेश केन्द्रीत दललाई रिझाउने कसरतमा छ । त्यस्तै, माओबादी पनि तराईमा राम्रो प्रभाव जनमाएको दलसंग तालमेलको लागि कसरत गरिरहेको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्