देवीसंगको मतान्तर घटाउँदै रेणु, यस्तो छ ताजा परिणाम


 


काठमाडौं, जेठ १०
भरतपुर महानगरपालिकामा माओबादी केन्द्र र कांग्रेसको तर्फबाट संयुक्त उम्मेदवार बनेकी रेणु दाहालले अग्रस्थानमा रहेका एमालेका देवी ज्ञवालीसंगको मतान्तर केही घटाएकी छन् ।

आज विहानको मत परिणाअनुसार ३८ सय बढी मत अन्तर रहेको रेणु र देवीबीच अहिले ३ हजारको मतान्तर पुगेको छ । एमालेका देवी ज्ञवालीको मत २७ हजार ५६२ पुगेको छ भने रेणु दाहालेको मत २४ हजार ५६१ छ ।

तेस्रो स्थानमा रहेको राप्रपाका बद्री तिमल्सिनाको ३ हजार २१४ मत छ। त्यस्तै, उपमेयरमा कांग्रेसका पार्बती शाह २७ हजार ८३१ मत ल्याउँदै अग्रस्थानमा छिन् । उनीपछि एमालेकी दिब्या शर्मा २४ हजार ८३९ मत छ । तेस्रो स्थानमा राप्रपाकी रिना गुरुङको मत ३ हजारा ४०२ पुगेको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्