दुई छोरा फरक–फरक पार्टीबाट उम्मेदवार, ८७ वर्षीया आमालाई धर्मसंकट


 


काठमाडौं, जेठ १०
कसैलाई पार्टीबाट उम्मेदवार नपाएरको चिन्ता भइरहेका बेला बर्दियामा भने एउटै दाजुभाई फरक–फरक पार्टीबाट उम्मेदवार बनेका छन् ।

टिकट पाएकोमा उनीहरु आ–आफ्नो ठाउँमा खुशी भएपनि उनीहरुका ८७ वर्षीया आमा भने धर्मसंटकमा परेकी छन् । एउटै पदमा एउटै वडाबाट दुई छोराले फरक फरक पार्टीको उम्मेदवारी पाएपछि ८७ वर्षीय सन्तु अधिकारी अब चुनावमा कुन छोरालाई भोट दिने र कसलाई नदिने भन्ने संकटमा परेकी छन् ।

जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा गुलरिया नगरपालिका वडा नं. २ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट सन्तुको जेठा छोरा कृष्ण अधिकारी र नेकपा एमालेको तर्फबाट कान्छो छोरा टंक अधिकारीले उम्मेदवारको टिकट पाएका छन् । जसले गर्दा आमालाई धर्मसंकट परेको आजको कारोबार दैनिकमा खबर छ ।

आमा सन्तु यसपटक चुनावमा भोट हाल्न नजाने मनस्थितिमा पुगेकी छन् । ‘निर्वाचनका दिन बिरामी भएर मत हाल्न नसकेको भए हुने थियो’, उनले गम्भीर हुँदै भनिन्, ‘मेरो लागि दुवै छोरा बराबर हुन्, कसलाई नजिकैको ठानेर मत दिनु ?’

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्