ललितपुरमा काँग्रेसको पक्षमा मतपरिणाम, मेयरमा चिरीबाबु


 


काठमाडौं, जेठ १०
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई ३ सय २६ मतको फरकले पछि पार्दै उनी मेयरमा विजयी भएका हुन् ।

मंगलबार राति साढे १ बजे सम्पन्न अन्तिम मतपरिणाअनुसार महर्जनले २४ हजार ६ सय ४२ मत पाए भने प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३ सय १६ मत पाएका थिए ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल वियजी भएकी छन् । उनले १९ हजार २३६ मत ल्याएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४ हजार ४३३ मत पाएकी थिइन् ।

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्