गृहजिल्लामा देउवालाई झट्का, नगर सभापति नै एमालेमा प्रवेश


 


डडेल्धुरा, जेठ ९
पहिलो चरणको निर्वाचन सकिएसंगै दोस्रो चरणको निर्वाचनका लागि बाँकी तहमा चुनावी माहोल तातिएको छ । चुनावी माहोल तातिएकै बेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका नगरसभापति एमालेमा प्रवेश भएका छन् ।

देउवाका विश्वासपात्रका रुपमा चिनिएका पर्शुराम नगरपालिकाका नगर सभापति तारिसिंह बोहरा एमाले प्रवेश गरेका हुन् । देउवालाई आफूले निकै लामो समयदेखि राजनीतिक रुपमा सहयोग गर्दै आएपनि देउवा अतिवादी हुँदै गएकाले एमाले प्रवेश गरेको बताएका छन् ।

बोहरा परशुराम नगरपालिकामा एमालेका तर्फबाट मेयरको उम्मेदवार बन्ने सम्भावना छ । डडेलधुरामा एउटा नगरपालिका र तीनवटा गाउँपालिकासम्ममा एमालेले जित्ने आकलन गरिएको छ । जिल्लामा २ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानीय तह छन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्