अन्तिम चरणमा ललितपुरको मतगणना स्थगित


 


काठमाडौं, जेठ ९
एउटा मात्रै वडाको मतगणना बाँकी रहेको अवस्थामा ललितपुर महानगरपालिकाको मत गणना स्थगित भएको छ ।

एमालेले केही वडामा मतगणनामा जालझेल भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएपछि गणना स्थगित भएको हो । एमालेका मेयर उम्मेदवार हरिकृष्ण ब्यन्जनकारले वडा नम्बर ४, ९ र २६ को मतगणनाको परिणाम जोड्ने क्रममा गणकले जालझेल गरेको आरोप लगाउँदै आयोगमा उजुरी दिएका थिए ।

उनले तीन वडामा पुनः मतगणना माग गरेका छन् । ललितपुरमा अब वडा नम्बर २९ को मात्र मतगणना गर्न बाँकी छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्