काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एमाले विजयी


 


काठमाडौं, जेठ ८
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एमालेको जित भएको छ । मेयरका लागि एमाले उम्मेदवार उद्धव खरेलले जित हासिल गरेका हुन् ।

खरेलले १३२४६ मत ल्याएका छन् । उपमेयरमा पनि एमालेकै रमा राई विजयी भएकी छन् । उनले १३१८८ मत प्राप्त गरिन् ।

बुढानिलकण्ठ नगरपालिकाको वडा नं १,२,३,५,७,८,९,१०,११,१२ र १३ एमाले विजयीभएकको छ । वडा नं ४ र ६ मा भने कांग्रेस विजयी भएको छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्