महालक्ष्मी नगरपालिकाको मेयर, उपमेयरमा एमाले विजयी


 


ललितपुर, जेठ ८

ललितपुरको महालक्ष्मी नगरपालिकामा मेयरमा एमालेका रामेश्वर श्रेष्ठ र उपमेयरमा एमालेकै निर्मला थापा विजयी भएका छन् । श्रेष्ठले ७७६४ र थापा ८६३६ मत ल्याएर विजयली भएका हुन् ।

निकटतम प्रतिद्धन्दी मेयरमा नेपाली कांग्रेसका महेश खडकाले ६८०५ र उपमेयरमा कांग्रेसकै लक्ष्मी श्रेष्ठले ६३०५ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामप्रसाद घिमिरेले बताए।

उनका अनुसार १० वटा वडा रहेको नगरपालिकामा ८ वटा वडामा एमालेले वडाध्यक्षसहित मुख्य पदमा जित हात पारेको हो। नेपाली कांग्रेसले वडा नम्बर ६ र माओवादी केन्द्रले वडा नम्बर १० मा वडाध्यक्ष सहित प्यानलमा जित हात पारेका छन्।

ललितपुरमा हालसम्म दुई नगरपालिका र तीन गाँउपालिकाको मत परिणाम घोषणा भएको छ। जसमा महालक्ष्मी नपामा एमाले, गोदावरीमा कांग्रेस, महाकाँलमा एमाले, बाग्मतीमा कांग्रेस र कोन्ज्योसोम गाँउपालिकामा माओवादी केन्द्रले जितेको छ।

प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्