काठमाडौं महानगरमा एमाले झण्डै ९ हजार मतान्तरले अघि


 


काठमाडौं, जेठ ८
काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्य प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशी भन्दा झण्डै ९ हजार मतान्तरले अगाडि देखिएका छन् ।

विद्यासुन्दरले २९ हजार १२९ मत पाएका छन् भने राजुराजले २० हजार ३६८ मत ल्याएका छन् । विद्यासुन्दर राजुराज भन्दा ८ हजार ७९१ मत अगाडि छन् ।  त्यस्तै, ११ हजार २८२ मत प्राप्त गर्दै विवेकशील दलकी रञ्ज दर्शना तेस्रो नम्बरमै छिन् ।

उनी भन्दा पछि साझा पार्टीका किशोर थापाले ८ हजार ५४४ मत ल्याएका छन् । त्यस्तै, माओबादी केन्द्रका सर्बोत्तमान डंगालले ३ हजार १७१ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गी २६ हजार ४८१ मत सहित अग्रस्थानमा छिन् । दोस्रो स्थान रहँदै राप्रपाका राजाराम श्रेष्ठको १६ हजार ८८७, तेस्रो स्थानमा रहँदै साझा पार्टीकी निरुपमा यादवको ५ हजार ४६७ मत छ । माओबादी केन्द्रकी सुशीला पौडलको ४ हजार २२८ मत छ ।

 

प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्