भरतपुरमा रेणु दाहाल क्रमशः पछारिँदै, कति पुग्यो मतान्तर ?


 


काठमाडौं, जेठ ८
भरतपुर महानगरपालिकामा काँग्रेसको तालमेलमा माओबादीबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहाल क्रमशः पछाडि पर्दै गएकी छन् ।

मतगणना भएयता केही छिन ‘लिड’ गरेकी रेणु सोमबारसम्म आइपुग्दा ३ हजार मतले पछाडि परेकी छन् । पछिल्लो मत परिणामअनुसार अग्रस्थानमा रहेका एमालेका देवी ज्ञवालीभन्दा २ हजार ९०२ मतले पछाडि छन् ।

एमालेका देवीले २३ हजार २८० भोट ल्याएका छन् भने रेणुको २० हजार ३७८ भोट छ । उनी पछाडि पर्दै आएकी छन् । काँग्रेससंगको तालमेलमा पनि रेणुले आशातित रुपमा भोट पाउन सकेकी छैनन् ।

माओबादी–कांग्रेसको तालमेलमा मेयर उम्मेदवार बनेकी रेणु एमालेका देवी भन्दा पछाडि परेपनि गठबन्धनबाटै उपमेयर बनेकी काँग्रेसकी पार्वती शाह अग्रस्थानमा छन् । शाहको २३ हजार ३९६छ भने एमालेकी दिव्या आचार्यको २० हजार ७७१ मत छ ।

 

प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्