काठमाडौँ महानगरपालिकाको– २९ र ३० वडामा काँग्रेस विजय


 


काठमाडौँ, जेठ ७

काठमाडौँ महानगरपालिकाको– २९ र ३० वडामा नेपाली काँग्रेसको समूहले नै विजय हात पारेको छ । वडा नं. २९ को वडाअध्यक्षमा कुश ढकाल एक हजार ५४५ मत ल्याई निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका शिवराज राजबंशीले एक हजार ४९१ मत ल्याउनुभएको थियो । सो वडाको खुला सदस्यमा अर्जुनबहादुर श्रेष्ठ, इन्द्र कर्मचार्य , महिला सदस्यमा सुशीला ढकाल र दलित महिला सदस्यमा सङ्गीता पूजारी निर्वाचित हुनुभएको छ ।

यसैगरी वडा नंं ३० को वडाअध्यक्षमा काङ्ग्रेसकै दलबहादुर कार्कीले दुईहजार३३१ मत ल्याई निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सृरेन्द्र श्रेष्ठले एक हजार ३५७ मत ल्याउनुभएको थियो । सो वडाका सदस्यमा नीरज सत्याल, मनोज डङ्गोल, महिला सदस्यमा सीता तिवारी र दलित महिला सदस्यमा शर्मिला श्रेष्ठ महतो निर्वाचित हुनुभएको छ ।

यस्तै महानगरको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले २४ हजार ५३ मत ल्याई अग्रता कायम राख्नुभएको छ ।

नेपाली काँग्रेसका राजुराज जोशीले १७ हजार ७७, विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले नौ हजार ६९९, साझा पार्टीका किशोर थापाले सात हजार ३२८, नेकपा (माओवादी केन्द्र)का सर्वाेत्तम डङ्गोलले दुई हजार ७८० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले २२ हजार १९८, राप्रपाका राजाराम श्रेष्ठले १३ हजार ७८१ र साझा पार्टीकी निरुपमा यादवले चार हजार ६७३ मत, माओवादी केन्द्रकी सुशीला पौडेलले तीन हजार ७८६ मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म ७४ हजार २९१ मतगणना भइसकेको छ । यसअधि वडा नं– १,२, २५, २७ र २८ वडाको मत सार्वजनिक भइसकेको थियो ।

प्रकाशित मिति: ७ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्