१० बुदे सहमतीपछि भरपुरमा मतगणना कार्य सुरु


 


चितवन जेठ ६
दलहरुबीच १० बुदे सहमती भएपछि शुक्रबार साँझदेखि अवरुद्ध भएको मतगणना कार्य सुरु भएको छ ।

निर्वाचन अधिकृतले धाँधली गर्न खोजेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले मतगणना बहिस्कार गरेका थिए । सहमति अनुसार अब प्रमुख निर्वाचन अधिकृतले एकजना सूचना अधिकृत तोकेर एकद्वार प्रणाली अन्तर्गत मात्र सूचना सम्प्रेषणको व्यवस्था मिलाइने छ ।

मतगणना स्थलमा राजनीतिक दलको प्रतिनिधिहरुको छुट्टै डेस्क राख्ने, प्रत्येक समूहबाट आउने परिणाम राजनीतिक दलका प्रतिनिधिहरुको डेस्कमा सुनाउनेरदेखाउने र त्यसपछि सार्बजनिक गर्ने र अन्तमा कम्प्युटरमा इन्ट्री गर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

यसअघि गणनामा बसेका मुख्य निर्वाचन अधिकृतले कम्प्युटरमा मत परिणाम इन्ट्री गर्दा गलत इन्ट्री गरेको आरोप कांग्रेस, माओवादी र राप्रपाले लगाएका थिए ।

बदर मतपत्रहरुको संख्या यकिन गर्ने र सार्वजनिक गर्ने, मतगणनालाई पारदर्शी, जवाफदेही बनाउनका लागि कमी कमजोरीहरु र गुनासाहरुलाई कानुन बमोजिमसमाधान गर्न एक कार्यदल गठन गर्ने सहमती पत्रमा उल्लेख छ ।

त्यस्तै, प्रत्येक वडाको मतपत्रका बाकस खोल्नु अघि मतपत्र रहेको र सर्टिङ गरेको मतमा कति/कति छ भन्ने बारेमा जानकारी गराउने, दलहरुले अब वडा नम्बर १० पछि मतगणना गर्दा एक तर्फबाट घट्दो क्रममा र एकतर्फबाट बढ्दो क्रममा गर्ने सहमति भएको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्