चुनावी नतिजापछि बाबुरामले निकाले यस्तो विज्ञप्ती, पुराना शक्तिलाई दोष


 


काठमाडौं, जेठ ६
पहिलो चरणको स्थानीय चुनावपछि नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले कम मत आउनुलाई असफल भयो भन्न नमिल्ने बताएका छन् ।निराशाजनक मतपरिणाम विज्ञप्ती सार्वजनिक गर्दै भट्टराईले यो मतपरिणामबाट पार्टीले पाठ सिकेको बताएकाछन् ।

उनले भरपर्दो नयाँ विकल्प नपाएसम्म मतदाता पुरानै शक्तिहरुलाई रोज्न वाध्य हुन्छन् भन्ने यो निर्वाचनले हामीलाई बताए । ‘प्रारम्भिक पराजय भोग्नु भनेको असफल हुनु होइन । हामी असफल त्यतिबेला हुन्थ्यौं जब हामी यो वैकल्पिक राजनीतिक अभियानमा लाग्ने हिम्मत गर्दैनथियौं । नयाँ शिशुले लड्दैपड्दै नै दौड सिक्छ र सिक्नुपर्छ ।’

विज्ञप्तीमा वैकल्पिक राजनीतिसंग डराएर षड्यन्त्रपूर्वक नयाँ शक्तिलाई दलीय निर्वाचन चिन्ह नदिइएको दावी गरिएको छ । साथै पुराना राजनीतिक शक्तिहरुले राजनीतिलाई यो देशको सबैभन्दा ठूलो र भ्रष्ट संगठित उद्योग बनाइदिएको दावी समेत गरिएका छ ।

 

यस्तो छ विज्ञप्तीको पूणपाठ:

लामो समयको राजनीतिक अन्यौललाई चिर्दै मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न हुनु एउटा ऐतिहासिक उपलब्धि हो । नेपाली जनताको लामो त्याग, तपस्या र बलिदानीको जगमा निर्वाचन सम्पन्न हुनु अहिलेसम्मको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने एउटा महत्वपूर्ण खुड्किलो हो । हेक्का रहोस्, यो पुरानो स्थानीय निकायको निर्वाचन होइन, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानीय तहको पहिलो निर्वाचन हो । संविधानसभाबाट जनताले संविधान बनाउन पाउनुपर्छ भनेर निरन्तर लडेको अभियन्ताको हैसियतले जनताले लेखेको नया“ संविधानलाई संस्थागत गर्ने यो स्थानीय तहको ऐतिहासिक निर्वाचनमा सहभागी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन मार्फत् मतदाताले केही सन्देशहरु दिएका छन् । निर्वाचनमा देशका केवल आधा दर्जन पार्टीले विजयी उपस्थिति जनाए । तीमध्ये नया“ शक्ति पार्टी केही ठाउ“मा निकट प्रतिस्पर्धामा र केही ठाउ“मा विजयी भयो । समग्र परिणाम निश्चय नै हाम्रो आशा अनुरुप थिएन तर वर्ष दिन अघिमात्र खुलेको र दर्ताका हिसाबले कान्छो पार्टीको राष्ट्रिय रुपमा हामीले पाएको मतका आधारमा हाम्रो उपलब्धिलाई न्यूनीकरण गर्न मिल्दैन । यात्रा बल्ल सुरु भएको छ, अघिल्तिर सम्भावनाका अनन्त क्षितिज उघ्रिएका छन् ।

वैकल्पिक राजनीतिस“ग डराएर षड्यन्त्रपूर्वक हामीलाई दलीय निर्वाचन चिन्ह दिइएन । निर्वाचनमा त्यसको पनि काफी प्रतिकूल प्रभाव प¥यो । तथापि छोटो समयमा हामीले अधिकांश स्थानमा उम्मेदवारी दिन सक्नुको प्रतीकात्मक महत्व छ । स्रोत र साधन अभावको चौतर्फी प्रतिकूल परिस्थितिमा हामीप्रति विश्वास व्यक्त गर्ने सबै मतदाताप्रति हामी आभार प्रकट गर्दछौं । यही विश्वासलाई पु“जीकृत गर्दै साथै कमजोरीहरुको इमानदार आत्मसमीक्षा गर्दै वैकल्पिक राजनीतिलाई निरन्तर अघि बढाउने प्रण गर्दछौं ।

पुराना राजनीतिक शक्तिहरुले राजनीतिलाई यो देशको सबैभन्दा ठूलो र भ्रष्ट संगठित उद्योग बनाइदिएका छन् । यो उद्योग विघटन गर्ने र नैतिक राजनीति स्थापित गर्ने काम पक्कै कठीन छ । समाजका जरासम्मै फैलिएको भ्रष्ट पार्टीकरण एकै धक्कामा समाप्त हु“दैन तर यो विषवृक्ष नढलाई हाम्रो राजनीति सङ्ल“दैन । काठमाडौं उपत्यका लगायतका शहरी क्षेत्रका मतदाताले पुराना शक्तिप्रति गहिरो सन्देह व्यक्त गरेका छन् । मत जहा“ जसरी परे पनि राजनीतिलाई बदल्ने प्रवुद्ध मतदाताको यो सचेत प्रयासको म प्रशंसा गर्दछु ।

पुराना पार्टीहरुस“ग सत्ता छ, संशाधन छ, गलत ढंगले जुटाएको स्रोत छ । ती अब राजनीतिक आन्दोलन रहेनन् बरु निर्वाचन परिचालन गर्ने यन्त्र भइसके । सबै हथकन्डा अपनाएर जसरी पनि चुनाव जित्ने उनीहरुको मरिहत्ते दौडको जम्मा ध्येय सत्ता मात्रै हो । सत्ता केका लागि भनेर गम्यो भने, उही अर्को चुनाव जित्नका लागि भन्ने उत्तर फेला पर्छ । यो अर्थहीन उपक्रमको अन्त्य भएमात्र लोकतन्त्रको सही अभ्यास सुरु हुन्छ ।

यो निर्वाचनमा पनि पुराना शक्तिहरुले पैसा, बाहुवल र सत्ताको खुलेर प्रयोग गरे र धेरै ठाउ“मा वैकल्पिक राजनीतिको प्रतिवद्ध मत पनि सुरक्षित गर्न कठीन भयो । हाम्रो ध्येय पवित्र हु“दाहु“दै पनि जनतासम्म त्यसको सम्प्रेषण गर्न र मत सुरक्षित गर्न हामी पछि परेका रहेछौं भन्ने हामीले स्वीकार गर्नुपर्छ । नया“ शक्ति पार्टीलाई अझै नया“ र वैकल्पिक राजनीतिक शक्तिको रुपमा विकास गर्न थप मेहनत गर्नु पर्ने शिक्षा हामीले प्राप्त गरेका छौं । भरपर्दो नया“ विकल्प नपाएसम्म मतदाता पुरानै शक्तिहरुलाई रोज्न वाध्य हुन्छन् भन्ने यो निर्वाचनले हामीलाई सिकाएको छ ।

वैकल्पिक राजनीति आजको भोलि नै सत्ता प्राप्त गर्ने राजनीति होइन । हामी यो फोहोरी राजनीतिको तत्कालीन लाभ उठाउन यो यात्रामा छैनौं । बरु यो मौजुद राजनीतिको अर्थहीनतालाई चुनौति दिन र नया“ राजनीतिक संस्कार र प्रणाली स्थापना गर्ने यात्रामा छौं । निश्चय नै नैतिक राजनीतिको यो बाटो सजिलो छैन । सधैं सजिलो बाटो रोजेर हि“ड्ने सुविस्ता खोज्दा यथास्थिति बदल्न सकि“दैन । हाम्रो यो वैकल्पिक राजनीति विजयी नभएसम्म मुलुकको सर्वाङ्गीण उन्नति सम्भव छैन भन्ने बुझेरै हामीले यो आन्दोलन सुरु गरेका हौं । त्यसैले हामी किञ्चित विचलित भएका छैनौं । पहिलो चरणमा प्राप्त जनमतको सम्मान गर्दै हामी अहिल्यैदेखि दोस्रो चरणको निर्वाचनको तयारीमा जुटिसकेका छौं ।

झण्डै सात÷आठ दशकदेखि राजनीतिक अभ्यासमा रहेका दलहरु र उनीहरुले गाउ“टोलसम्म बनाएका संरचना रातारात भत्काउनु सजिलो काम होइन । सामन्तवादविरुद्धको कठीन र लामो राजनीतिक लडाइ“ले मुलुकमा अति दलीय ध्रुवीकरणको स्थिति पैदा भएको छ । दलहरु विचार, नीति, आदर्शका वाहक भन्दा सत्ताप्राप्ति र स्वार्थपूर्तिका व्यापारिक ब्रान्ड नै बनेका छन् । यसले हामीलाई नागरिक भन्दा बढी कार्यकर्ता बन्नुपर्ने बाध्यात्मक अवस्थाहरु पनि सिर्जना गरेको छ । सुशासन र समृद्धिका लागि अस्वस्थ दलीय भागबण्डाको अन्त्य गर्दै स्वस्थ र प्रतिस्पर्धाको संस्कारलाई बढावा दिनुछ तर यो रातारात हुने काम होइन । फेरि पनि छोटो समयमै मतदाताहरुले साहसपूर्वक कोरिदिएको सा“घुरो गोरेटोलाई फराकिलो राजमार्ग बनाउ“दै सिंगो मुलुकलाई सुशासनयुक्त समृद्ध राष्ट्र निर्माणमा अभिप्रेरित गर्न हामी कटिबद्ध हुनुपर्छ ।

कुनै खास शहरहरुमा मात्रै केन्द्रित भएर तत्काल चुनावी नतिजाको लागि काम गर्ने कि देशव्यापी वैकल्पिक राजनीतिक अभियान विस्तार गर्ने भन्ने दुई विकल्पमध्ये हामीले दोस्रो विकल्पलाई रोज्यौं । देशको चरम क्षेत्रीय र जातीय विविधताले त्यसको माग गर्दथ्यो । छोटो समयमै पनि पुराना राजनीतिक शक्तिहरुको विकृति र विसंगतिका कारण त्यहा“बाट विकर्षित भएर विकल्पकोलागि जोखिम मोल्न हिम्मत देखाउनुहुने सम्पूर्ण मतदाताहरुप्रति हामी आभार व्यक्त गर्दछौं । राज्ययन्त्रको चरम दुरुपयोग र सत्ताशक्तिको दबदबाको बीचमा पनि विकल्पको बाटो रोज्ने हरेक मतदाताहरुको मनभित्र उम्रिएको विद्रोहको बीज अवश्य पनि छिटै टुसाउनेछ । त्यसले वैकल्पिक वृक्षको आकार लिनेछ भन्नेमा हामी विश्वस्त छौं । प्रारम्भिक पराजय भोग्नु भनेको असफल हुनु होइन । हामी असफल त्यतिबेला हुन्थ्यौं जब हामी यो वैकल्पिक राजनीतिक अभियानमा लाग्ने हिम्मत गर्दैनथियौं । नया“ शिशुले लड्दैपड्दै नै दौड सिक्छ र सिक्नुपर्छ ।

कुनै समय संविधानसभाको माग गर्दा पार्टी–सत्ता र राज्यसत्ता दुवैको तारो बन्नु परेको थियो । आज यो माग सर्वस्वीकार्य हु“दै कार्यान्वयनमा गइरहेको छ । यसैगरी सुशासन र समतामूलक समृद्धिका नारा लगाउ“दा पनि आलोचित हुनुपर्ने दिनहरु थिए । आज यो सबैको साझा नारा बन्दै गइरहेको छ । एजेन्डाको दृष्टिले नया“ शक्ति सर्वस्वीकार्य बन्दै गइरहेता पनि यसलाई संगठनात्मक शक्तिमा रुपान्तरण गर्न आउ“दा दिनहरुमा हामीले अझै जोड दिनुपर्ने सन्देश यो निर्वाचनमा मतदाताले दिएका छन् । हामी त्यसलाई विनम्रतापूर्वक स्वीकार्छौं । कतिपयले हाम्रो ‘मृत्युलेख’ लेख्ने हतार गर्नेछन्, तर हामी तिनलाई गलत सावित गरिछाड्नेछौं ।

नया“ शक्तिका अभियन्ताहरुका लागि चुनावले जहिले पनि नया“ शिक्षा र अवसर लिएर आएको हुन्छ । यस चुनावी अनुभवले हामीलाइ आफ्नै पुनर्निर्माणको अवसर दिएको छ । हामीले गरेका प्रयासहरुमा कहा“ कमजोरी रहन गयो भन्ने शिक्षा दिएको छ । त्यसबाट शिक्षा लि“दै हामी देशव्यापी रुपमा पार्टी संगठन पुनर्निर्माण र नवनिर्माण गर्दै जनता नजिक जानेछौं, जनतास“ग अझै घनिभुत संवाद गर्नेछौं । छोटो समयमा हामीले पाएको यत्रो मत, हामीप्रति जनताले देखाउनुभएको मायाले हामीलाई जिम्मेवारी थपेको छ । यसले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा अझ दृढताका साथ लाग्न र पुराना शक्तिहरुप्रतिको विकर्षणको सही विकल्प बन्न र बनाउन उच्च मनोबलका साथ अगाडि बढ्न शिक्षा प्राप्त भएको छ । अहिले विश्वमा र हाम्रो देशमा वैकल्पिक राजनीतिको अनिवार्यता छ र त्यसको भविष्य उज्ज्वल छ । पहिलो चरणको स्थानीय तहको चुनावको नतिजाले त्यसैको संकेत गरेको छ । हामी त्यसलाई विनम्रतापूर्वक ग्रहण गर्दै निरन्तर अगाडि बढिरहनेछौं ।

धन्यवाद ।

डा. बाबुराम भट्टराई
संयोजक
नया“ शक्ति पार्टी, नेपाल

प्रकाशित मिति: ६ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्