काठमाडौं महानगरको ताजा मतपरिणामः एमाले लम्किँदै, कांग्रेस पछारिँदै


 


काठमाडौं, जेठ ६
काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार नेकपा एमाले अग्रस्थानमा छ। एमालेका मयेरका उम्मेदवार विद्यासुन्दर शाक्य आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशी भन्दा ५  हजार ३७० मतले अगाडि छन् ।

उनले १७ हजार ४५ मत प्राप्त गरेका छन् भने काँग्रेसका जोशीले ११ हजार ६७५ मत ल्याएका छन् । त्यस्तै, तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले ६ हजार ८०४ मत प्राप्त गरेकी छन् भने साझाका किशोर थापा ५  हजार ६६ मतसहित चौथो स्थानमा छन् । पाँचौं स्थानमा रहेका माओबादी केन्द्रका सर्वोत्तम डंगोलले १ हजार ९५९ प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति: ६ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्