दोस्रो चरणको निर्वाचनका लागि आजदेखि मुख्य निर्वाचन अधिकृत कार्यक्षेत्र खटिँदै


 


काठमाडौं जेठ ६
जेठ ३१ गते बाँकी रहेका स्थानीय तहमा हुने दोस्रो चरणको निर्वाचनका आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ ।

बाँकी रहेका ४१ जिल्लाका ४६१ निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत यसअघि नै छनोट गरिएका थिए । दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन हुँदैछ।

जेठ ३१ को निर्वाचनका लागि जेठ १९ गते उम्मेद्वार मनोनयन हुने कार्यतालिका छ । आयोगले जेठ २२ गते उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्