दक्षिण सुडानमा ४० विद्रोहीको मृत्यु


 


एजेन्सी

दक्षिण सुडानको सरकारी अधिकारीले बिहीबार विएह राज्यको वाट क्षेत्रमा भएका झडपमा कम्तीमा ४० जना विद्रोहीको मृत्यु भएको जनाएका छन् ।

सरकारी सेनासँग भएको झडपमा बिहीबार प्रतिपक्षी समूहका ४० जनाको मृत्यु भएको सुडान पिपुल्स लिवरेसन आर्मीका प्रवक्ता ब्रिगेडिएर डिकसन गटलाउकले बताउनुभयो ।

घटनामा सेनातर्फ पाँच जना सामान्य घाइते भएको उहाँले बताउँदै कैयौँ विद्रोही घाइतेसमेत बनेका जनाउनुभयो ।

दक्षिण सुडानको सीमा क्षेत्रमा रहेका एइ सहरमा भएको भिडन्तमा दुई दिन पहिले पनि केही सेनाको मृत्यु भएपछि सेनाले सुरक्षा कारबाहीलाई सशक्त बनाएको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: ६ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्