अन्तर्घात भएको भन्दै माओवादी उम्मेदवारले ठाउँको–ठाउँ पार्टी छाडे


 


काठमाडौं, जेठ ६
आफ्नै पार्टी कार्यकर्ताले अन्तर्गघात गरेर आफूलाई हराएको भन्दै माओवादी केन्द्रका उम्मेदवारले ठाउँको–ठाउँ पार्टी परित्याग गरेका छन् ।

ललितपुरको महानगरपालिका वडा नं ११ का वडाअध्यक्ष उम्मेदवार अरोजकुमार खड्गीले पार्टी छाडेका हुन् ।

उनले जिल्ला पार्टी अध्यक्षलाई सम्बोधन गर्दे माओवादी हेडक्वाटर पेरिसडाँडामा बुझाएको पत्रमा भनेका छन्, वडाका इकाई समिति पदाधिकारी तथा इन्चार्जले नै आफूलाई अन्र्तघात गरे । उनले आफ्नो राजीनामा स्वीकृति गरिदिन आग्रह समेत गरेका छन्।

खड्गीका अनुसार पार्टी कार्यकर्ताले एमालेलाई भोट दिएका छन्। उनी भन्छन्–मेरो करिब ४ सय मत एमालेलाई गयो’, , ‘आफ्नै कार्यकर्ताले अन्तर्घात गरेकाले राजिनामा दिएको हुँ ।

मतपरिणाममा तेस्रो भएको अरोजले ५७७ मत ल्याएका थिए । ललितपुरको ११ नम्बर वडामा एमाले उम्मेदवार ईन्द्रमान महर्जन १०३३ मत पाएर विजयी भएका थिए। काँग्रेसका सुवेन्द्र खड्गीले ६८२ मत पाएका थिए।

प्रकाशित मिति: ६ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्