भरतपुरको रमाइलो : एउटा दल जित्छ, अर्काे दल विजय जुलुस मनाउँछ


 


भरतपुर, जेठ ५
चितवनको भरतपुुर अहिले चर्चामा छ । अझ महानगरपालिकाको मतगणना र यहाँका उम्मेदवार त्यो भन्दा बढी चर्चामा छन् ।

मेयरका उम्मेदवार सञ्चार माध्यमदेखि आम नागरिकमाझ हटकेक बनेका छन् । भरतपुरले सबैको ध्यान आफूतिर खिच्न सफल भएको छ ।

तीन प्रदेशका ३४ जिल्लामा भएको पहिलो चरणको स्थानीय निर्वाचनमा कस्ले जित्यो, कहाँ जित्यो भन्दा पनि भरतपुरमा के–के भइरहेछ ? आम नागरिककले यही चासो दिइरहेको छन् । कारण प्रधानमन्त्री पुत्री रेणु दाहाल र दाहाललाई जिताउन कांग्रेससँगको तालमेल ।

कांग्रेस–माओवादी केन्द्रको तालमेलका बाबजुत एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रताले यो महानगरपालिकाले सबैको ध्यान तान्न सफल भएको हो ।

यतिमात्र हैन यहाँका वडाहरुमा पनि गज्जब–गज्जबका दृश्यहरु देखिएका छन् । एउटा दलको वडा अध्यक्षले जित हात पार्छ, अर्काे दल विजय जुलुस मनाउने तयारी गर्छ ।

पछि थाहा हुन्छ विजय जुलुस मनाउने दलको उम्मेदवाले नजितेर अर्के दलले जितेको रहेछ । महानगरपालिकाको वडा नं १ मा एमाले उम्मेदवार गिता श्रेष्ठले जितेको त्यो दलले थाहा पायो।

वडामा एमाले कार्यकर्ताहरुले विजय जुलुस निकाल्ने तयारी गरे तर निर्वाचन आयोगले मत परिणाम घोषणा गर्दा कांग्रेसका जयराम श्रेष्ठ १४ मतले विजयी भएको घोषणा गर्‍यो ।

कांग्रेस उम्मेदवारले ११ सय ७७ मत पाए भने एमाले उम्मेदवारले ११ सय ६३ मत ल्याए । त्यस्तै वडा नं ४ मा कांग्रेस उम्मेदवार उपेन्द्रराज सापकोटाले जितेको हल्ला चल्यो, बधाई सबैले दिए तर ।

निर्वाचन आयोगले परिणाम सार्वजनिक गर्ने समयमा एमालेका हरि आचार्य विजयी भए । आचार्यले १७ सय २० मत पाएका थिए भने उपेन्द्रराज सापकोटाले १७ सय १३ मत प्राप्त गरे ।

यतिमात्र हैन ७ नं वडामा कांग्रेसका श्याम लामिछाने विजयी भएको सुचना सामाजिक सञ्जालमा छायो । यसैका आधारमा खुुसियाली सहित बधाई साटासाट भयो ।

तर निर्वाचन आयोगले एमालेका राजेन्द्रमणि काफ्ले १४ मतले विजयी भएको घोषणा गर्‍यो । काफ्लेले १४ सय ९४ मत ल्याए भने लामिछानेले १४ सय ८० मत प्राप्त गरे ।

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्