बाबुरामको किल्लामा कांग्रेसबाट इन्जिनियर दीपकबाबु विजयी


 


गोरखा, जेठ ५
नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईको गृहनगर गोरखा पालुङटार नगरपालिकाको मेयरमा नेपाली कांगेस उम्मेदवार विजयी भएका छन् ।

मेयरमा इन्जिनियर दीपकबाबु कँडेल विजयी भएका हुन् । उनी मेयरमा जित्ने पहिलो इन्जिनियर बनेका छन् ।

उनले ४ हजार ६९८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धि माओवादी केन्द्रका गुणराज देवकोटाले ४ हजार ४९१ मत ल्याए । नयाँ शक्तिका मेयर उम्मेदवारले ३ हजार ९८० मत ल्याउन सके ।

४२ वर्षीय कँडेल नेपाली कांग्रेस पालुङटार नगर इकाईका सभापति हुन्। गोरखा काठमाडौं प्रजातान्त्रिक समाजका सभापति समेत रहेका कँडेल पेशाले इन्जिनियर हुन्।

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्