नेपाली राष्ट्रिय खेलाडी तथा क्याप्टेन पारस खड्काको क्रिकेट करियर कस्तो छ ?


 


समीर पराजुली

नेपाली राष्ट्रिय क्रिकेट टोलिका कप्तान पारस खड्काको जन्म सन् १९८७ अक्टोबर २४ मा काठमाडौंमा भएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलिबाट कप्तानी तथा अलराउण्डरको भुमिका निभाउने खड्का दायाँ हाते ब्याट्समेन तथा मिडियम पेस बलर हुन् ।

पारस खड्का नेपाली क्रिकेटलाई योगदान पुर्याए बापत मात्र नभएर आकर्षक व्यक्तित्वका कारण पनि नेपाली तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा हुने गर्दछ ।

यस्तो छ उनको खेल यात्रा र सफलता

१. ७७ नम्बरको जर्सी लगाउने खड्काले कुबेत विरुद्ध ७७ बलमा १०६ रन प्रहार गरेकाछन् ।

२. खड्काले सर्बप्रथम सन् २००२ मा अन्डर – १५ टोलि बाट UNDER – 15 ASIA CUP मा U.A.E. विरुद्ध खेलेका थिए ।

३. खड्काले नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीबाट ( प्रथम श्रेणी क्रिकेट ) सन् २००४ अप्रिल २३ तारिखमा काठमाडौंस्थित त्रि. बि. मैदानमा मलेसिया विरुद्ध खेलेका थिए ।

४. खड्काले नेपाली राष्ट्रिय टोलीबाट T20 क्रिकेटमा सन् २०१२ मार्च १३ तारिखमा U.A.E. मा भएको ICC T20 WORLD CUP QUALIFIER मा खेलेका थिए ।

५. यसैगरी खड्काले नेपाली राष्ट्रिय टोलीबाट लिस्ट – A क्रिकेटमा सन् २०१४ जनवरी १३ तारीखको दिन प्रथम पटक सहभागीता जनाएका थिए ।

६. यसै क्रममा खड्काले नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय T20 ( T20i ) क्रिकेटमा सन् २०१४ मा मार्च १६ तारीखको दिन T20 WORLD CUP मा हङकङसँग खेलेका थिए ।

७. सन् २००५ मा ACC UNDER -19 CUP फाइनलमा मलेसियालाई हराएर ACC  UNDER – 19 CUP जिती UNDER – 19 WORLD CUP मा नेपाल छानिएपछी श्रीलंकामा भएको UNDER – 19 WORLD CUP मा टेस्ट मान्यता प्राप्त राष्ट्रहरु दक्षिण अफ्रिका
अनि न्युजिल्यान्डलाई हराएर प्लेट च्याम्पियन बन्न सफल भएको थियो ।

८. सन् २००७ मा ACC UNDER -19 CUP फाइनलमा अफगानिस्तानलार्इ हराएर ACC  UNDER – 19 CUP जितेर UNDER – 19 WORLD CUP मा छानिए पछि U – 19 WORLD CUP मा १० औं स्थान प्राप्त गरेको ।

९. खड्काको कप्तानीमा सन् २०१० मा ICC WORLD CRICKET LEAUGE DIVISION – 5 जितेको थियो ।

१०. खड्काकै कप्तानीमा सन् २०१२ मा ICC WORLD CRICKET LEAUGE DIVISION – 4 जितेको थियो ।

११. सन् २०१२ मा U.A.E. मा भएको ICC WORLD T20 QUALIFIER मा १६ राष्ट्रले सहभागी जनाए र उत्कृष्ट ६ राष्ट्र T20 WORLD CUP मा छनोट हुने प्रतियोगितामा सातौं स्थान प्राप्त गरेको थियो ।

१२. खड्काकै कप्तानीमा सन् २०१३ मार्बुडामा भएको ICC WORLD CUP DIVISION – 3 को उपाधि जितेको थियो ।

१३. खड्काकै कप्तानीमा सन् २०१३ मा U.A.E. मा भएको १६ टोली सम्मिलित ICC WORLD T20 QUALIFIER मा फाइनलमा एकदिवसीय मान्यता प्राप्त टोलि अफगानिस्तानसँग ७ रनले पराजित हुँदै उत्कृष्ट ६ राष्ट्र भित्र परि पहिलो पटक सन् २०१४ मा बाङ्लादेशमा भएको ICCT20 WORLD CUP मा छानिएको ।

नेपालले सो प्रतियोगिताबाट T20 मान्यता प्राप्त राष्ट्रको मान्यता प्राप्त गरेपनि सो हैसियत अहिले गुमाएको छ ।

१४. खड्काले बलिङ तर्फ अन्तराष्ट्रिय T20 ( T20i ) मा ११ खेलमा २ विकेट लिदै १६८ बलमा १७० रन खर्चेर ८५ को औसतमा १ मेडन ओभर फाल्दै ६.०७ को इकोनोमी दरमा प्रदर्शन गरेकाछन् । उनको उच्च प्रदर्शन ३ रनमा १ विकेट रहेको छ ।

१५. खड्काले प्रथम श्रेणी क्रिकेटमा २ खेलमा १ विकेट लिदै ६० बलमा २१ रन खर्चेर २१ को औसतमा ४ मेडन ओभर फाल्दै २.१० को इकोनोमी दरमा प्रदर्शन गरेका छन् । उनको उच्च प्रदर्शन १९ रनमा १ विकेट रहेको छ ।

१६. खड्काले लिष्ट – A क्रिकेटमा खेलेको १९ खेलमा १४ खेलमा बलिङ गर्दै १३ विकेट लिएका छन् । ६४६ बलमा ३७८ रन खर्चंदै २९.०७ को औसतमा १३ मेडन ओभर फाल्दै ३.५१ को इकोनोमी दरमा प्रदर्शन गरेकाछन् । उनको उच्च प्रदर्शन १४ रनमा ३ विकेट रहेको छ ।

१७. खड्काले T20 क्रिकेटमा ३३ खेलमा २२ विकेट लिएका छन् । ५७१ बलमा ५५६ रन खर्चंदै २५.२७ को औसतमा १ मेडन ओभर फाल्दै ५.८४ को इकोनोमी दरमा प्रदर्शन गरेकाछन् । उनको उच्च प्रदर्शन २२ रनमा ३ विकेट रहेको छ ।

१८. खड्काले ब्याटिङ तर्फ अन्तराष्ट्रिय T20 ( T20i ) क्रिकेटमा ११ खेल खेल्दै २३६ रन बनाएका छन् । उनको उच्च स्कोर ५४ रन रहेको छ भने २३.६० को औसतमा स्ट्राइकरेट १०२.१६ रहेको छ । खड्काले१ वटा अर्धसतक अनि १९ वटा चौका र१ छक्का प्रहार गरेका थिए ।

१९. खड्काले प्रथम श्रेणी क्रिकेटमा २ खेल खेल्दै ७२ रन बनएका छन् । उनको उच्च स्कोर ४४  रन रहेको छ भने ३६ को औसतमा स्ट्राइकरेट ४५.५६ रहेको छ । साथै खड्काले ४ वटा क्याच गरेका छन् ।

२०. खड्काले लिस्ट – A क्रिकेटमा १९ खेल खेल्दै ६५४ रन बनाएका छन् । उनको उच्च स्कोर १०३ रन रहेको छ भने ३४.४२ को औसतमा स्ट्राइकरेट ७६.६७ रहेको छ । खड्काले ५ वटा अर्धसतक १ सतक अनि ५४ वटा चौका र १८ छक्का प्रहार गरेका छन् ।

२१. खड्काले T20 क्रिकेटमा ३३ खेलमा ३१ खेलमा ब्याटिङ गर्दै ७५४ रन बनाएका छन् । उनको उच्च स्कोर ६८ रन रहेकोछ भने ३१.४१ को औसतमा स्ट्राइकरेट ११३.७२ रहेकोछ । खड्काले ५ वटा अर्धसतक अनि ५७ वटा चौका र १५ छक्का प्रहार गरेका छन् ।

२२. पारस खड्का कै कप्तानीमा नेपालले सन २०१४ मा बङ्गलादेशमा भएको वर्ल्ड कप टि ट्वान्टीको खेलमा मार्च १६ मा हङकङलाई ८० रनले र मार्च २० तारिखमा अफगानिस्तान बिरुद ९ रनले हराउँदै विश्व कृतिमानी रचेको थियो ।

पहिलो पटक वर्ल्ड कप खेल्दै जित निकाल्दै पारस खड्काको क्रिकेटिङ कारियर यसरी नै अझै अगाडी बढ्दै जाओस ।

यस्ता अझै अनगिन्ती रेकर्डहरु हुँदै जाउन र आफ्नो देश नेपाललाई विश्व सामु चिनाउन यसरी नै सधै भरि सफल होउन हामी सम्पूर्ण नेपालीहरुको तर्फबाट अग्रिम शुभकामना व्यक्त गर्दछौ !

 

प्रकाशित मिति: ४ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्