काठमाडौंमा एमाले र कांग्रेसबीच करिब २ हजारको मतान्तर, तेस्रोमा विवेकशील


 


काठमाडौं जेठ ४
काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणामअनुसार मतान्तर अझ बढेको छ ।

विहान आठ बजेसम्मको मतपरिणाम अनुसार एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ४ हजार ३१७ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार राजुराज जोशीको मत २ हजार ४७२ मत छ ।

त्यस्तै, तेस्रो स्थानमा विवेकशिल नेपाली दलकी रन्जु दर्शना छन् । उनले १ हजार ८७७ मत प्राप्त गरेकी छन् । चौथोमा रहेका साझा पार्टीका किशोर थापाको १ हजार २२६ मत छ ।

४ सय ४९ मत ल्याउँदै माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोल पाँचौं स्थानमा छन् ।

प्रकाशित मिति: ४ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्