तालमेलले बेहाल : दुईवटै महानगरमा काँग्रेस–माओबादी केन्द्र पछारिँदै


 


काठमडौं, जेठ ४
सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रबीच दुई स्थानीय तह अन्तर्गत पहिलो चरणको चुनावमा पोखरा लेखनाथ र भरतपुर महानगरपालिकामा तालमेल भएको छ । तर, जुन आकांक्षाअनुसार दुई दलले चुनावी तालमेल गरे त्यसअनुसार परिणाम निस्कन सकिरहेको छैन ।

भरतपुरमा माओबादी केन्द्रसम्म भएको चुनावी तालमेलबाट रुष्ट बनेका काँग्रेस कार्यकर्ताले सोहीअनुसार परिणाम दिएका छन् । माओबादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार बनेकी प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाल अहिले एमाले उम्मेदवार देवी ज्ञवालीभन्दा निकै पछि पर्दै गएकी छन् ।

काँग्रेसको राम्रो पकड मानिएको भरतपुरमा दुई दलको तालमेलले पनि रेणु पछारिँदै जानुले काँग्रेस कार्यकर्ता कति रुष्ट भएका छन् भन्ने कुरा देखाएको छ । रेणुलाई जिताउन जुन अपेक्षाका साथ काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड जसरी काँधमा काँध मिलाएर चितवन पुगेका थिए, त्यो अपेक्षालाई कार्यकर्ताले उपेक्षामा परिणत गरेको देखिएको छ ।

पछिल्लो मतपरिणाअनुसार एमाले उम्मेदवार देवी ज्ञवाली र रेणु दाहालबीच २ हजार बढीको मतान्तर छ । यो विस्तार बढ्दै गएको देखिन्छ । तालमेलबाट एमालेले उल्टै एमालेले फाइदा लिएको छ । काँग्रेस–माओबादी केन्द्रले यसलाई अन्तरघात भएको मानेका छन् ।

त्यस्तै, पोखरा महानगरपालिकामा पनि भएको काँग्रेस–माओबादी केन्द्रको तालमेल पनि सफल होला जस्तो देखिँदैन ।

पोखरामा पनि नेकपा एमालेका उम्मेदवार नै अगाडि छन् । पहिलो र तेस्रो ठूलो दल मिल्दा पनि एमालेसंग प्रतिशपर्धा गर्न निकै गाह्रो भएको स्थिति छ । पोखरामा एमाले मानबहादुर जिसी भन्दा कांग्रेस उम्मेदवार रामजी कुँवर पछारिँदै गएका छन् ।

उपप्रमुखमा पनि एमालेकी मन्जु गुरुङ कांग्रेसकी सरस्वती गुरुङभन्दा पछाडि पर्दै गएकी छन् । माओबादी केन्द्र र काँग्रेसबीचको तालमेललाई कार्यकर्ताले नरुचाएको स्पष्ट भएको छ । यसमा कांग्रेस कार्यकर्ता नै रुष्ट छन् । देउवाको एकल निर्णयले काँग्रेसीहरु आफ्नो पार्टीको चुनाव चिन्ह रुख भन्दा पनि अन्य दलको चुनाव चिन्हमा भोट दिन बाध्य भएका छन् ।

प्रकाशित मिति: ४ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्