एमालेको विजय र्यालीमा ढुङ्गा प्रहार, ६ जना घाइते


 


सिन्धुली, जेठ ४

सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार राति ९:३० वजे नेकपा (एमाले)ले निकालेको विजय र्यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था भने गम्भीर रहेको छ ।

घाइते हुनेमा तीनपाटन गाउँपालिका–८ निवासी शिव श्रेठ, जीवन श्रेष्ठ, हरि घिमिरे, हिरा न्यौपाने, कर्ण तामाङ, विष्णु अधिकारी घाइते भएका छन् । घाइतेमध्ये शिव श्रेष्ठ गम्भीर घाइते हुनुभएको स्थानीय जमुना अधिकारीले जानकारी दिनुभयो ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । वडा नं ८ मा नेकपा एमालेका रेखराज अधिकारी निर्वाचित भएपछि विजय र्याली निकालिएको थियो । रासस

प्रकाशित मिति: ४ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्