महालक्ष्मी नगरपालिका ललितपुरमा एमालेको अग्रता कायमै


 


काठमाडौं, जेठ ३
ललितपुरको महालक्ष्मी नगरपालिकामा एमालेका उम्मदेवार रामेश्वर श्रेष्ठको अग्रता कायमै छ । श्रेष्ठलाई काग्रेसका उम्मेदवार महेश खड्काले पछ्याउने कोशिस गरिरहेका छन् ।

१ देखी ६ नम्बर वडासम्मको मत गणना हुँदा एमालेका श्रेष्ठ ४ हजार २ सय ३७ मत सहित अग्रस्थानमा छन भने उनका प्रतिद्वन्दी खड्काले ३ हजार २ सय ८७ मत प्राप्त गरेका छन् । पाँच वटा वडा एमालेले जितिसकेको छ भने ६ नं वडा कांग्रेसले जितेको छ ।

जम्मा १० वडा रहेको यो नगरपालिकामा उपमेयरमा पनि एमालेकै निर्मला थापा अग्रस्थानमा छिन् । उनको जित लगभग पक्का रहेको बताइएको छ ।

यसअघी वडा नं १ मा नन्द न्यौपाने, २ मा रामबहादुर केसी, ३ मा कुवेर केसी, ४ मा लक्ष्मण रोका र ५ नम्बर वडामा राजकुमार सिलवाल नेतृत्वको प्यानल नै विजयी भइसकेको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्