काठमाडौं महानगरपालिकामा एमालले खोल्यो खाता


 


काठमाडौं, जेठ ३
काठमाडौं महानगरपालिका वडा नं १ मा एमालेले खाता खोलेको छ । एमालेका उम्मेदवार भरतलाल श्रेष्ठले वडा अध्यक्षमा जित हात पारेका हुन् ।

उनले १ हजार ३५ मत ल्याए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका भोला थापाले ६ सय ३२ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा अध्यक्षसहित एमालेल ३ सदस्यमा जितेको छ भने दलित महिला र खुल्ला सदस्यमा कांग्रेसले जितेको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्