घटनापछि स्थागित धुलिखेल– १२ र नमोबुद्ध –४ मा मतदान सुरु


 


धुलिखेल, जेठ ३

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–१२ र नमोबुद्ध नगरपालिका–४ मा स्थगित रहेको निर्वाचन आज बिहान ७ बजेदेखि सुरु भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले दुवै स्थानमा शान्तिपूर्ण ढङ्गले निर्वाचन सुरु भइसकेको बताउनु भएको छ ।

धुलिखेल नगरपालिका–१२ मा केही दिन अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा सदस्य उम्मेदवार सुकमान तामाङको निधन भएको र नमोबुद्ध नगरपालिका–४ मेथिनकोटमा गत वैशाख ३० गते राति सशस्त्र प्रहरीको गोलीबाट स्थानीय नवराज पाठकको मृत्यु भएपछि निर्वाचन स्थगित भएको थियो ।

निर्वाचन स्थगित रहेको मेथिनकोटस्थित जनक मावि केन्द्र र शङ्खुमा रहेको केन्द्रमा आज मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी पोखरलले बताउनुभयो । रासस

प्रकाशित मिति: ३ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्